Section 16
जग्गा लिलाम गर्ने
  (१) दफा १४ बमोजिमको फाँटवारीबाट देखिएको मालपोत बाँकी भएको जग्गामध्ये मालपोत असूल उपर गर्न मालपोत बाँकी रहेको कित्ता जग्गा मालपोत कार्यालयले तोकिए बमोजिम लिलाम बिक्री गर्न सक्नेछ ।
(२) यस दफा बमोजिम जग्गा लिलाम बिक्री गरिने भएमा त्यस्तो लिलाम बिक्रीको काम मंसीर महीना देखि शुरु गरिनेछ ।
(३) उपदफा (१) बमोजिम लिलाम बिक्री गर्दा कसैले सकार नगरेमा त्यस्तो जग्गाको स्वामित्व नेपाल सरकारमा सर्नेछ र नेपाल सरकारको स्वामित्वमा आएको जग्गा तोकिए बमोजिम बिक्री वितरण गर्न सकिनेछ ।
तर त्यस्तो जग्गाको स्वामित्व नेपाल सरकारमा सरे पनि सो जग्गामा रहेको मोहीको मोहीयानी हक कायमै रहनेछ ।
(४) उपदफा (१) बमोजम लिलाम बिक्रीबाट आएका रकम मध्ये बाँकी मालपोत र त्यसको पचास प्रतिशत शुल्क समेत कटाई बाँकी रहेको रकम सम्बन्धित जग्गावालालाई फिर्ता दिइनेछ ।
(५) उपदफा (३) बमोजिम नेपाल सरकारको स्वामित्वमा आएको जग्गा बिक्री वितरण नभएसम्म त्यसको रेखदेख र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(६) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि आषाढ १६ गतेदेखि जग्गा लिलाम बिक्री नभएसम्म मालपोत दाखिल हुन आएमा त्यस्तो जग्गावालाबाट मालपोत कार्यालयले मालपोतको वार्षिक दश प्रतिशतका दरले शुल्क समेत लगाई मालपोत असूल गर्नेछ ।
तर, यो उपदफा प्रारम्भ हुनुभन्दा अघिको मालपोत बाँकीमा पैंतीस प्रतिशत शूल्क लगाई मालपोत असूल गरिनेछ ।